लगातार गिरावटपछि शेयर बजारमा हरियाली, नेप्से २६०० माथि पुग्यो

लगातार गिरावटपछि शेयर बजारमा हरियाली, नेप्से २६०० माथि पुग्यो

काठमाडौँ।चार दिन लगातार घटेको शेयर बजार सोमबार सामान्य सुधारसहित हरियालीमा फर्किएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.७८ अङ्कले वृद्धि भई २,६००.७६ बिन्दुमा पुगेको छ।

बजारको सूचक हल्का उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेखनीय रूपले घटेको छ। अघिल्लो दिन ९ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ।

व्यापार समूहको सूचक आज सबैभन्दा बढी २.२० प्रतिशतले बढेको छ। बीमा, उत्पादनमूलक, विकास बैंक र म्युचुअल फन्ड समूह बाहेक अधिकांश समूहहरूमा हरियाली देखिएको छ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले उकालो लाग्दा गुराँस लघुवित्तको शेयरमा १० प्रतिशतको गिरावट आएको छ।

आज ३२५ कम्पनीका झन्डै १ करोड ७५ लाख कित्ता शेयर किनबेच भएका छन्। बजारमा देखिएको सुधारले लगानीकर्तामा आशा पलाएको छ, यद्यपि कारोबार रकममा पुनः सक्रियता देखिन बाँकी नै छ।