काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको सरकारप्रतिको असन्तुष्टि लामो लाइनमा बस्नुपर्ने बाध्यताबाट उत्पन्न भएको टिप्पणी गरेका छन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले सरकारका सेवा–सुविधा पाउन नागरिकले घण्टौँ लाइन बस्नुपर्ने वा चिनजान खोज्नुपर्ने अवस्था अत्यन्त निराशाजनक भएको बताए।
“आज नागरिकलाई सरकारसँग झोक चल्ने प्रमुख कारण भनेकै लाइनमा बस्नुपर्ने अवस्था हो,” उनले भने, “सेवा पाउन चाहे लाइनमा उभिनुपर्छ, नभए कसैलाई चिन्नुपर्छ। सरकार भनेको अलओभर राज्य हो, जहाँ गए पनि त्यसको प्रतिनिधित्व देखिन्छ, तर सेवाको सहजता छैन।”
थापाले राज्यसंस्था जनतामैत्री नहुनु र सेवाप्रवाहमा सुधार नआउनु लोकतान्त्रिक शासन प्रणालीकै अपमान भएको धारणा व्यक्त गरे।