जसपाको ओली सरकारलाई दिइएको समर्थन फिर्ता हुन सक्ने संकेत

जसपाको ओली सरकारलाई दिइएको समर्थन फिर्ता हुन सक्ने संकेत

काठमाडौं: उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ।

असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय संसदीय दललाई समर्थनबारे पुनर्विचार गर्न निर्देशन दिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

पार्टी निर्णयमा भनिएको छ, “ओली नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन तथा आर्थिक सुधारमा पूर्ण रूपमा असफल भएकाले सरकारलाई दिइएको समर्थनबारे पुनः विचार गर्न संसदीय दललाई निर्देशन दिइएको छ।”

त्यस्तै, बैठकले पार्टी विस्तारको सन्दर्भमा विभिन्न नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। जसअनुसार पर्साबाट शशि कपूर मियाँ, करिमा बेगम, सुधिरनाथ पाण्डे, रूपन्देहीबाट कैलास गुरुङ र नीलम यादवलाई केन्द्रीय सदस्य बनाइएको हो।