

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले चालू शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आउँदो १० दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराईका अनुसार हाल उत्तरपुस्तिका परीक्षणको काम पूरा भइसकेको छ भने प्राप्ताङ्क इन्ट्रीको कार्य तीव्र गतिमा भइरहेको छ। प्राप्ताङ्क इन्ट्रीपछि रूजु प्रक्रिया बाँकी रहे पनि असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
यस वर्ष ५ लाख १४ हजार विद्यार्थीले एसईई दिएका थिए।
यसअघिको २९ दिन लामो शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण प्रक्रिया करिब एक महिनासम्म प्रभावित भए पनि अब सबै प्रक्रिया निष्कर्षमा पुग्ने तयारीमा बोर्ड जुटेको छ।
गत वर्ष भने एसईई नतिजा असार १४ गते सार्वजनिक गरिएको थियो।