

काठमाडौं । सङ्क्रमणकालीन न्याय र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ।
बैठकमा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी छन्।
बैठकमा हालको राजनीतिक अवस्था र संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउने विषयमा विशेष छलफल भइरहेको जनाइएको छ।