रास्वपाले बैठक बहिष्कार गर्दै भन्यो– ‘प्रधानमन्त्रीले हाम्रा कुरा सुनेनन्’

रास्वपाले बैठक बहिष्कार गर्दै भन्यो– ‘प्रधानमन्त्रीले हाम्रा कुरा सुनेनन्’

काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रम तय भए पनि, संसद अवरोधका कारण कार्यक्रम कार्यसूचीबाट हटाइयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठकमा आफ्ना कुरा राख्ने प्रयास गरे पनि प्रधानमन्त्रीले ध्यान नदिएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको हो।

बैठक अन्य कार्यसूचीमा अघि बढेपछि रास्वपाले नाराबाजी गर्दै विरोध जनायो। प्रधानमन्त्री कक्षबाट बाहिरिएपछि रास्वपाका सांसदहरू पनि बैठक छाडेर निस्किए।

प्रवक्ता मनिष झाले भने, “हामी आफ्ना कुरा प्रधानमन्त्रीज्यूलाई सुनाउन चाहन्थ्यौँ, तर उहाँले सुन्न चाहनुभएन। त्यसैले हामीले बैठक बहिष्कार गरेका हौँ।”