काठमाडौं, ३० भदौ । गत साउन ११ बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भइरहेको छ।
बलात्कारपछि हत्या भएको ५२ दिन बितिसक्दा पनि प्रभावकारी अनुसन्धान हुन नसक्नु र प्रशासन नै घटनाप्रति जिम्मेबार नहुनुले यो घटना राष्ट्रिय मुद्धा बनिरहेको छ ।
निर्मलाको परिवारलाई न्याय दिलाउनका लागि स्वतःस्फुर्त रुपमा देशैभर प्रदर्शनको आयोजना गरिएको हो । अभियानअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे कार्यक्रम राखिएको थियो । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । ‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ ।
यसैगरी विराटनगर, धरान, जनकपुरलगायत देशका मुख्य सहरमा दिउँसो तथा साँझ प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागीहरुले सरकारलाई दोषी पत्ता आग्रह गरेका छन्। उनीहरुले निर्मलाको तस्बिर बोक्नुका साथै #JusticForNirmala , #RageAgainstRape लगायतका प्लेकार्डहरु पनि बोकेका छन्।