प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृतसहित यी हुन् क्याविनेटका १९ निर्णय (सूचीसहित)

प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृतसहित यी हुन् क्याविनेटका १९ निर्णय (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार १६ गतेदेखि २१ गतेसम्म ६ दिने स्पेन भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमणका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो।

त्यसैगरी, मन्त्रिपरिषद्ले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा. शान्ता सेढाईलाई नियुक्त गर्ने निर्णय गरेको छ।

साथै, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरी पदस्थापन गर्ने निर्णय समेत गरिएको छ।