प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताहरूको बैठक आज

प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताहरूको बैठक आज

काठमाडौं । समसामयिक राजनीतिक विषय र संसद्मा जारी अवरोधबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू आज बुधबार छलफलमा बस्ने भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभाको अवरुद्ध सत्र, पछिल्लो राजनीतिक परिस्थितिलगायत विषयमा गम्भीर छलफल हुने बताइएको छ ।