इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा अनलाइन रजिस्ट्रेसन सुरु

इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा अनलाइन रजिस्ट्रेसन सुरु

काठमाडौं । इजरायलको तेल अविभस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिस्ट्रेसन प्रक्रिया सुरु गरेको छ ।

दूतावासले सूचना जारी गर्दै इजरायलमा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिका कारण समस्यामा वा त्रासमा रहेका नेपालीहरूलाई उद्धार गर्न तथा आवश्यक सहयोग पुर्‍याउन अनलाइन विवरण संकलन प्रक्रिया आरम्भ गरिएको जानकारी दिएको छ ।

यसका लागि इच्छुक नेपाली नागरिकलाई दूतावासले उपलब्ध गराएको वेब लिंकमार्फत आवश्यक विवरण भरी रजिस्ट्रेसन गर्न अनुरोध गरिएको छ ।

इरान–इजरायलबीच चर्कँदो युद्धको पृष्ठभूमिमा विभिन्न राष्ट्रहरूले आफ्ना नागरिकको उद्धार प्रक्रिया सुरु गरिरहेका बेला नेपाल सरकारले पनि सोहीअनुसार कदम चालेको हो । हाल इजरायलमा करिब ५ हजार ५ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।