प्रहरी कार्यालयमा उपस्थित हुन दिलभूषण पाठकको नाममा सूचना

प्रहरी कार्यालयमा उपस्थित हुन दिलभूषण पाठकको नाममा सूचना

काठमाडौं । साइबर अपराधसम्बन्धी अभियोगमा पत्रकार दिलभूषण पाठकलाई अनुसन्धानका लागि उपस्थित हुन प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ । मंगलबार जारी सूचनामा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएकाले उपस्थित हुन भनिएको छ ।

पाठकलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको प्रहरी स्रोतले जनाएको छ । तर उक्त अनुमति विरुद्ध पाठकले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । सो निवेदनमाथि सोमबार उच्च अदालतले कानूनविपरीत कुनै कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आगामी असार ५ गते छलफलका लागि बोलाएको छ ।

साइबर ब्युरोले जारी सूचनामा पाठकलाई नजिकको प्रहरी कार्यालय वा ब्युरोको कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ ।