

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बेल घेराउ गर्दै विरोध जनाएका छन्।
विरोधका बाबजुद सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाएका छन्। बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका सचिव योगेश भट्टराईले आ–आफ्ना धारणा राखेका थिए।