विराटनगर, २९ भदाै । चर्चित प्रकरण ३३ किलो सुन तस्करी प्रकरणमा तानिएका निलम्बित एसएसपी दिवेश लोहनीलाई विराटनगर उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याउँदै साधारण तारेखमा छोड्न आदेश दिएको छ।
न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले अाज मोरङ जिल्ला अदालतकाे आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने अादेश दिएको हो । लोहनीले ७ असारमा थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
यसअघि मोरङ जिल्ला अदालतले एसएसपी लोहनीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। ३३ किलो सुन तस्करी प्रकरणमा लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो ।