

काठमाडौं । सूचना प्रविधिको विकास र साइबर सुरक्षालाई सुदृढ गर्न सरकारले संसद्मा नयाँ विधेयक दर्ता गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ प्रतिनिधि सभामा दर्ता गराएका हुन्।
विधेयकको प्रस्तावनाअनुसार यसको उद्देश्य सूचना प्रविधिको विकास, प्रवर्धन र नियमन गर्नुका साथै विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको विश्वसनीयता कायम राख्नु हो।
साथै, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक तथा विवरणको संरक्षण र व्यवस्थित उपयोग सुनिश्चित गर्न विधेयक ल्याइएको मन्त्री गुरुङले जानकारी दिए। यो विधेयकमार्फत साइबर सुरक्षासम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकृत गर्ने प्रस्ताव गरिएको छ।