प्रतिनिधिसभामा बजेटमाथि आज पनि छलफल, दुई विधेयक टेबुल हुने

प्रतिनिधिसभामा बजेटमाथि आज पनि छलफल, दुई विधेयक टेबुल हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि वक्तव्यसहित छलफल प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरिएको छ। बैठकमा राष्ट्रिय सभाबाट प्राप्त ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सन्देशसहित टेबुल गरिनेछ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीमा रहेको छ।