सम्बन्धविच्छेदपछि एकल जीवन रोज्ने यी ७ बलिउड अभिनेत्रीहरू

सम्बन्धविच्छेदपछि एकल जीवन रोज्ने यी ७ बलिउड अभिनेत्रीहरू

मुम्बई । बलिउडमा यस्ता थुप्रै अभिनेत्रीहरू छन्, जसले वैवाहिक जीवनमा असफल भएपछि पुनः विवाह नगरी एकल जीवन बिताउन रोजेका छन्। करिश्मा कपूरदेखि सामन्था रुथ प्रभुसम्म, यी अभिनेत्रीहरूले सम्बन्धविच्छेदपछि सिंगल रहँदै आफ्नै करिअर र व्यक्तिगत जीवनलाई प्राथमिकता दिइरहेका छन्।

मलाइका अरोरा
सन् १९९८ मा अरबाज खानसँग विवाह गरेकी मलाइकाको सम्बन्ध १९ वर्षपछि टुट्यो। सन् २०१७ मा डिभोर्स गरेपछि उनले दोस्रो विवाह गरेकी छैनन् र एकल जीवन बाँचिरहेकी छन्।

कुशा कपिला
सन् २०१७ मा व्यवसायी जोरावर सिंहसँग विवाह गरेकी कुशाले सन् २०२३ मा सम्बन्धविच्छेद गरिन्। त्यसयता उनी पनि एकल जीवनमै छन्।

मनिषा कोइराला
सन् २०१० मा सम्राट दाहालसँग विवाह गरेकी नेपाली मूलकी अभिनेत्री मनिषाले २ वर्षमै सम्बन्धविच्छेद गरिन्। अहिले पनि उनी सिंगल नै छन्।

श्वेता तिवारी
श्वेताले दुई पटक विवाह गरिन् — पहिलो पटक राजा चौधरीसँग सन् १९९८ मा र दोस्रो पटक अभिनव कोहलीसँग सन् २०१३ मा। तर दुबै सम्बन्ध टुटेपछि अहिले उनी सन्तानसहित एकल जीवन यापन गरिरहेकी छन्।

सामन्था रुथ प्रभु
सन् २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी सामन्थाले सन् २०२१ मा डिभोर्स गरिन्। चैतन्यले दोस्रो विवाह गरिसक्दा पनि सामन्था अहिले पनि सिंगल छिन्।

करिश्मा कपूर
सन् २००३ मा सञ्जय कपुरसँग विवाह गरेकी करिश्माको वैवाहिक सम्बन्ध १३ वर्षपछि टुट्यो। २०१६ पछि उनी पनि पुनः विवाह नगरी एकल जीवनमा छिन्।

महिमा चौधरी
सन् २००६ मा बबी चौधरीसँग विवाह गरेकी महिमाको सम्बन्ध सन् २०१३ मा टुट्यो। सम्बन्धविच्छेदपछिको १२ वर्षसम्म उनले पुनः विवाह गरेकी छैनन्।

यी अभिनेत्रीहरूले सम्बन्ध टुटेपछिको जीवनलाई सशक्त रूपमा अगाडि बढाइरहेका छन्, जसले समाजमा महिलाको आत्मनिर्भरता र स्वतन्त्रताको सन्देश पनि दिन्छ।