भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनमा विपक्षी दलहरू एकमत

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनमा विपक्षी दलहरू एकमत

काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको मागमा सबै विपक्षी दलहरू एक ठाउँमा उभिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले संसदमा प्रतिनिधित्व गर्ने सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिसा मार्फत मानव तस्करीको संगठित अपराध’को अन्त्यका लागि छानबिन समिति आवश्यक रहेको निष्कर्षमा पुगेको जानकारी दिएका छन्।

उक्त प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध गर्दै आएका छन्। सत्ता पक्ष र विपक्षबीच सहमति नजुट्दा प्रतिनिधिसभा लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन।