

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा एअर इण्डियाको एक विमान टेकअफको क्रममा दुर्घटनामा परेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार लण्डन उड्न लागेको विमान मेघानी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। सो विमानमा १५० भन्दा बढी यात्रु सवार थिए। दुर्घटनापछि घटनास्थलबाट कालो धुवाँ आकाशमा उडेको देखिएको छ। भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको स्थानबाट खिचिएको आगलागी र धुवाँको भिडियो सार्वजनिक गर्दै दुर्घटनाको पुष्टि गरेको छ।
विस्तृत विवरण अझै आउन बाँकी रहेको र उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।