भैँसी चोरी गरी बिक्री गर्न खोज्दै गरेका युवक पक्राउ

भैँसी चोरी गरी बिक्री गर्न खोज्दै गरेका युवक पक्राउ

झापा। झापा प्रहरीले भैँसी चोरी गरेको अभियोगमा एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवक झापा गाउँपालिका–६ निवासी विनोद बाँनिया हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बाँनियाले आफ्नै छिमेकी खगेन्द्रकुमार कार्कीको भैँसी बाँझो खेतमा चराउन बाँधिएको अवस्थामा चोरी गरेर झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको सीमामा पर्ने बिरिङ खोलासम्म पुर्‍याएका थिए।

भैँसी बेच्न ग्राहक खोज्दै गर्दा एक व्यापारीले ती युवकप्रति शंका गर्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली त्यहाँ पुगेर उनलाई भैँसीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका युवकलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।