

काठमाडौं। भिजिट भिसा प्रकरणमा समाधान खोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच बुँदे प्रस्ताव अघि सारेको छ। संसद्मा जारी गतिरोध हटाउन रास्वपाले सत्ता पक्षलाई संवादको प्रस्ताव पठाएको हो।
गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहित विपक्षी दलहरू लगातार संसद अवरुद्ध गरिरहेका छन्। अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको पहलमा सत्ता र विपक्षी दलबीच वार्ता भए पनि कुनै ठोस सहमति बन्न सकेको छैन।
आज पनि अवरोध यथावत् रहँदा प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि पुनः स्थगित गरिएको छ।
