-ज्योतिषवाणी-
मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ । अाज प्रेमिल समय छ । अाफुभन्दा ठूला व्यक्तिको सहयोग प्राप्त हुदाँ काम सफल हुनेछ । सरकारी कर्मचारीकाेलागि फलदायी दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । यात्रा लाभदायी हुने देखिन्छ । पारिवारिक जीवन सुखमय हुने छ ।
वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ । वादविवादबाट टाढा रहनुहाेला । कतिपय काममा चुनौतीको सामना गर्नुपर्ला । आफन्त र मित्रवर्गको सहयोग पाइने छ । व्यवसायबाट राम्रो प्रतिफल मिल्नेछ । टाढाको यात्राको याेग रहेकाे छ ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र लाभ, धन प्राप्तिका साथै व्यापारका वृद्धि हुनेछ । अाज महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आम्दानीका नयाँ बाटाे बन्ने देखिन्छ । मानसम्मानमा बृद्धि हुनेछ । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगितामा सफलता मिल्ने याेग छ ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अपव्यय, मान हनिका साथै कार्यमा उन्नति हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग मिल्नेछ । व्यवसायमा मनग्य लाभ लिन सकिने छ । पारिवारिक सुख हुनेछ । स्वास्थ्य राम्राे छ । दाम्पत्य जीवन पनि सुखद छ ।
सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ । सामाजिक काममा रुचि जाग्ने छ । साथीभाइको सहयोग मिल्ने छ । व्यवसायमा सन्तोषजनक फाइदा मिल्नेछ । अाफ्नाे भन्दा अरुकाेलागि बढी काम गर्नुपर्ला । यात्राको सम्भावना पनि छ ।
कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभ, व्यापार बढ्नुका साथै कार्यम उन्नति हुनेछ । नयाँ नयाँ अाभुषण प्राप्त गर्ने याेग छ । भेटघाट र मित्र सुखकाे याेग छ । घुमघाम र भेटघाट हुने मिष्ठान्न भाेजनकाे याेग छ । अार्थिक लाभकाे याेग छ ।
तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ । व्यवसायमा सन्तोष मिल्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । घरपरिवारबाट सुख प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहाेला । मित्र र परिवारकाे साथ मिल्नेछ । व्यवसायमा लाभकाे याेग छ ।
वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ । लगानीमा मन जानेछ । आर्थिक सङ्कटले सताउन सक्छ । परिवारमा कलह अाउन सक्छ सजग रहनु उत्तम हुन्छ ।
धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कीर्ति लाभ, आय बढ्नुका साथै गृहसुख मिल्नेछ ।पराक्रममा बढ्नेछ । व्यवसायमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मिष्ठान्न भाेजनकाे समय छ ।
मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रम बढ्ने, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ । मानसम्मानकाे याेग छ । संगीसाथीसंग भेटघाट हुने योग छ । मिष्ठान्न भाेजनकाे समय छ । अपुरा कामहरु बन्ने समय छ । स्वास्थ्य सबल रहनेछ ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अार्थिक लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ । धर्मकर्ममा ध्यान जानेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य अवरोध, खर्च बढ्नुका साथै आर्थिक उतार चढाव रहनेछ ।अनावश्यक काममा समय बित्नेछ । मनले चिताएको प्राप्त हुने छ । यात्राको सम्भावना छ ।