माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । पतञ्जलि जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा हदबन्दी छुटको नाममा पतञ्जलिलाई जग्गा किन्न दिइएको र किनेको छोटो समयमै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्न स्वीकृति दिइएको आरोप लगाइएको छ।

आयोगका अनुसार सन् २०६६ मा रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरेको थियो। तर, त्यसमध्ये ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेचिएको पाइएको हो।