

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले सरकारविरुद्ध सातबुँदे मागसहित माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्याली निकालेर विरोध प्रदर्शन गरेका छन्।
सरकारले ल्याएको राइड सेयरिङ र सेल्फ ड्राइभसम्बन्धी नियमावलीको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका हुन्। उनीहरूले “सार्वजनिक यातायात क्षेत्र संकटमा परेको” भन्दै गाडी थन्क्याएर आन्दोलनको घोषणा गरेका छन्।
व्यवसायीहरू सोमबारदेखि देशभर यातायात सेवा ठप्प पार्ने चेतावनी दिँदै आन्दोलन चर्काउने तयारीमा छन्। सरकार भने आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा रहेको छ। व्यवसायीहरूले भने माग पूरा नभएसम्म आन्दोलन नछोड्ने स्पष्ट पारेका छन्।