लिङ्देनको दाबी : रत्नपार्कको भीड जनमत संग्रह सरह, राजासहितको समझदारीमा जोड

लिङ्देनको दाबी : रत्नपार्कको भीड जनमत संग्रह सरह, राजासहितको समझदारीमा जोड

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा जनमत बढ्दै गएको संकेत गर्दै जेठ १५ गते रत्नपार्कमा आयोजित प्रदर्शनलाई ‘जनमत संग्रह सरहको जनधारणा’ भएको दाबी गरेका छन्।

राजसंस्थाको पुनःस्थापनाको मागसहित जारी अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजारमा पत्रकारहरूसँग कुरा गर्दै उनले अब ‘राजासहितको नवीन समझदारी’ अपरिहार्य भएको बताए।

‘प्रधानमन्त्रीकै आह्वानमा भएको गणतन्त्रको समर्थनमा आयोजित कार्यक्रम र हाम्रो आन्दोलनको सहभागिता तुलना गर्दा जनताको चाहना कता छ, स्पष्ट देखिन्छ,’ लिङ्देनले भने। उनले सरकार र दलहरूलाई दमनको भाषा नअपनाई वार्ता र सहमतिमा आउन आग्रह गरे।

उनको भनाइमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।