कांग्रेस केन्द्रीय समिति बस्दै, समितिहरु र महासमिति बैठकको तयारीमाथी छलफल हुने

कांग्रेस केन्द्रीय समिति बस्दै, समितिहरु र महासमिति बैठकको तयारीमाथी छलफल हुने

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका बारेमा छलफल गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

आज बस्ने बैठकले अनुशासन समिति गठनका लागि तयारी गर्ने भएको । यस्तै, कार्यसम्पादन समितिको पनि गठनको तयारी गरिएको छ। २५ जना सदस्य रहने कार्यसम्पादन समिति यसअघि विधानभन्दा बढी सदस्यको भएको भन्दै गत वैशाखमा बसेको केन्द्रीय समितिले खारेज गरेको थियो। यस्तै, बैठकले मंसिर पहिलो हप्ता हुने महासमिति बैठकको तयारीका लागि विभिन्न समिति बनाउने सम्भावना रहेको सहमहामन्त्री महतले जानकारी दिनुभयो । यस अघि २१ गतेको लागि डाकिएको बैठक तयारी नपुगेको भन्दै आजकालागि सारिएको थियो।