राजावादीको आन्दोलन आज पनि जारी, प्रसाई समूहको छुट्टै प्रदर्शन माइतीघरमा

राजावादीको आन्दोलन आज पनि जारी, प्रसाई समूहको छुट्टै प्रदर्शन माइतीघरमा

काठमाडौं । राजावादीहरूले काठमाडौंमा जारी आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) अध्यक्ष कमल थापाका अनुसार आन्दोलन राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १२ बजेबाट सुरू हुनेछ।

हिजोदेखि सुरू भएको आन्दोलनलाई निरन्तरता दिँदै आज पनि राजसंस्थाको पुनःस्थापनाका पक्षमा प्रदर्शन हुने भएको हो।

यसैबीच, डा. दुर्गा प्रसाइँ नेतृत्वको समूहले भने राप्रपा नेतृत्वको आन्दोलनमा सहभागी नहुने निर्णय गर्दै आफ्नाे अभियान शुक्रबारदेखि माइतीघर मण्डलामा केन्द्रीत गर्ने जनाएको छ।
यसअनुसार आज दुई फरक ठाउँमा राजसंस्थाको पक्षमा छुट्टाछुट्टै प्रदर्शन हुनेछन्।