यी हुन् आर्थिक वर्ष २०८२/८३ का लागि बजेटका प्राथमिकता

यी हुन् आर्थिक वर्ष २०८२/८३ का लागि बजेटका प्राथमिकता

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको बजेट प्रस्तुत गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्‌मा बजेट प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकता सार्वजनिक गरेका हुन्।

बजेटका मुख्य प्राथमिकता निम्नानुसार छन्:
क) उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्वको अभिवृद्धि
ख) प्रतिफलमुखी भौतिक पूर्वाधारमा लगानी
ग) सामाजिक क्षेत्रमा गुणात्मक सुधार
घ) सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
ङ) नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार