

काठमाडौं । किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ लागू भएपछि नेपालमा २० लाख ४९ हजारभन्दा बढी कृषक घरधुरी सूचीकृत भएका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार फागुनसम्म किसान सूचीकरण प्रणालीमा सूचीकृत घरधुरीको संख्या २० लाख नाघेको छ। हालसम्म ५६ वटा पालिकामा सूचीकरण प्रक्रिया सम्पन्न भएको सर्वेक्षणले उल्लेख गरेको छ।