अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने 

अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने 

काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षको पहिलो आठ महिना र अघिल्लो वर्षको समग्र आर्थिक, सामाजिक र भौतिक विकास अवस्थाको विश्लेषण समेटिएको सर्वेक्षण मंगलबार संसदमा पेश गरिएको हो।

अर्थमन्त्री पौडेलका अनुसार चालु वर्षको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ। कोशी, मधेश र सुदूरपश्चिम बाहेक सबै प्रदेशको वृद्धि दर राष्ट्रिय औसतभन्दा माथि रहने उल्लेख गरिएको छ। चालु वर्षमा नेपालको कुल अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको १२.८३ प्रतिशत र सेवा क्षेत्रको ६२.०१ प्रतिशत रहने अनुमान गरिएको छ। यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५१७ अमेरिकी डलरमा पुगेको र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको जानकारी पनि मन्त्री पौडेलले दिएका छन्।