सुनचाँदी दुबैको मूल्य घट्यो, छापावाल सुन तोलामा १५ सयले सस्तो

सुनचाँदी दुबैको मूल्य घट्यो, छापावाल सुन तोलामा १५ सयले सस्तो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर आज १ लाख ८७ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसअघि, बुधबार सुनको मूल्य तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।