

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अङ्कको सुधार देखिएको छ। नेप्से १७.४४ अंकले वृद्धि भई २,६९३.०६ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२३ अंक, फ्लोट इण्डेक्स १.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेका छन्।
बुधबार ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच भएको छ, जसबाट कुल ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आजको कारोबारमा दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीका सेयर सकारात्मक सर्किट लेभलसम्म उकालो लागेका छन्। यसले बजारमा लगानीकर्ताको भरोसा बढिरहेको संकेत गर्दछ।