रौतहट, २८ भदाै । बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेशसभा सांसदले आफ्नै घरमा छलफल -पञ्चायती राखेको खुलासा भएको छ । पीडितलाई प्रहरीकहाँ आउन नदिई घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो । याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिएका हाैँ ।
रौतहटको गम्हरियाकी १२ वर्षीयालाई बलात्कार आरोपमा प्रहरीले स्थानीय ५० वर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइएको छ । भदौ २० गते घरमा कोही नभएका बेला अन्सारीले बालिकालाई बलात्कार गरेका थिए । ‘घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद -फूलबाबुले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे,’ बालिकाकी आमाले भनिन्, ‘हामीसित पनि बयान लिने काम भयो । पछि सुनें, पैसा दिने निर्णय भएछ । अस्वीकार गरेर प्रहरीसमक्ष न्यायका लागि आयौं ।