गृहमन्त्री लेखक न राजीनामा दिन्छन्, न छानबिन समिति बन्छ : कांग्रेस

गृहमन्त्री लेखक न राजीनामा दिन्छन्, न छानबिन समिति बन्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नहुने स्पष्ट पारेको छ। साथै, उनीमाथि छानबिन समिति गठन गर्ने सम्भावना पनि नरहेको जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच सम्पन्न बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकमाथि कुनै प्रश्न नै उठ्न नसकेको दाबी गर्दै छानबिनको औचित्य नभएको बताए। “के छानबिन गर्ने? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन,” उनले भने, “कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने?”

प्रतिपक्षी दलले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै राजीनामाको माग गरिरहेको छ। मंगलबारको प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधका कारण स्थगित भएको थियो। बुधबारको बैठक पनि अवरुद्ध हुने विपक्षीले जनाएका छन्।