काठमाडौं । चेतना अभिवृद्घि केन्द्र (क्याप) नेपालको ११ औं साधारण सभाले फरिन ठकुरीको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ । मनोरञ्जन तथा सत्कार व्यवसायमा कार्यरत श्रमिकहरुको हकहितमा काम गरिरहेको क्याप नेपालको संरक्षकत्वमा हुर्किएकी ठकुरी ३ वर्षसम्म क्याप नेपालकै सेल्टरमा बसेर जीवन पुनर्जीवनको ज्ञान लिनुभएको थियो । अहिले त्यही संस्थाको अध्यक्ष हुँदा आफुलाई गौरव लागेको र अब यही क्षेत्रका श्रमिकहरुको पक्षमा काम गर्ने अवसर मिलेको प्रतिक्रिया दिदै नवनिर्वाचित अध्यक्ष ठकुरीले भन्नुभयो –‘जुन कालो पर्दा भित्र म थिएँ क्यापले लिएर मलाई मान्छे बनायो, अब म त्यही संस्थाको अध्यक्ष भएर यही क्षेत्रको लागि काम गर्ने अवसर पाएकी छुँ, मैले यो अवसरको भरपुर उपयोग गर्नेछु ।’
त्यसैगरी क्याप नेपालको उपाध्यक्षमा डिल्लीप्रसाद डोटेल, महासचिवमा चेवन तुम्बाहाङ, सचिवमा विनु लामा र कोषाध्यक्षमा रितु शर्मा निर्वाचित हुनुभएको छ । त्यसैगरी सञ्चालकहरुमा भगवान कार्की, उमेश रार्इृ, रुपा शर्मा, सोनाम डोका शेर्पा निर्वाचित हुनुभएको छ ।
सामाजिक, साँस्कृतिक तथा आर्थिक बिभेदका कारण उब्जने लैगिंकतामा आधारित हिंसा, मानव बेचबिखन तथा व्यवसायिक यौन दुव्र्यवहारको अन्त्य गर्नका लागि महिला, किशोरी तथा बालिकाहरुको विकास, सशक्तिकरण तथा सवलिकरण, र अधिकारका लागि पैरवी गर्दै आएको चेतना अभिबृद्धि केन्द्र (क्याप) नेपालले, देशभर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।