प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान यथावत

प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान यथावत

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।

हिजोका लागि तय गरिएको बैठक प्रतिपक्षी दलको अवरोधका कारण सूचना टाँस गर्दै आज बिहानसम्मका लागि स्थगित गरिएको थियो। गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित रास्वपा र राप्रपाले राजीनामाको माग गर्दै बैठक अवरुद्ध गरेका थिए।

बैठक सुरु भएपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो २:३० बजे पुनः बोलाइए पनि अवरोध कायमै रहेपछि सूचना टाँस गरी आज ११ बजेसम्मका लागि सारिएको हो।

हिजो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटभन्दा अघिल्लो कार्यसूचीअनुसार आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो। तर, प्रतिपक्षको अवरोधका कारण सर्वेक्षण प्रस्तुत हुन सकेन।

आजको बैठकमा अवरुद्ध भएको आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यक्रम रहेको छ, यद्यपि प्रतिपक्षी दलहरूको अडान अझै यथावत छ।