राष्ट्रपतिलाई आगामी बजेटबारे अर्थमन्त्री पौडेलको ब्रिफिङ

राष्ट्रपतिलाई आगामी बजेटबारे अर्थमन्त्री पौडेलको ब्रिफिङ

काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएका छन्।

अर्थ मन्त्रालयका अनुसार मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी अर्थमन्त्री पौडेलले बजेटको सारांश प्रस्तुत गरेका हुन्। संविधानअनुसार सरकारले जेठ १५ गते बिहीबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ। सोही तयारी अन्तर्गत अर्थमन्त्रीले राष्ट्रपति समक्ष बजेटका मुख्य बुँदाहरू ब्रिफिङ गरेका हुन्।