

काठमाडौं । अमेजनका संस्थापक तथा विश्वका दोस्रो धनी व्यक्ति जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज आगामी जुन महिनामा विवाह बन्धनमा बाँधिँदै छन्। शाही स्तरमा आयोजना गरिने यो भव्य समारोह इटालीको भेनिसमा सम्पन्न हुने तय भएको छ।
विवाहको तयारी तीव्र रूपमा अघि बढिरहेको छ भने यस समारोहमा करिब २०० जना विशिष्ट पाहुनालाई मात्र आमन्त्रित गरिने बताइएको छ। विशेष कुरा त के छ भने, प्रत्येक पाहुनामाथि झन्डै ७५ लाख रुपैयाँ खर्च गरिने अनुमान गरिएको छ। यही कारणले यो विवाह विश्वकै महँगो विवाहमध्ये एक बन्ने चर्चा छ।
अतिथि सूचीमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र उनका पति जेरेड कुशनरसहित विश्व चर्चित सेलिब्रिटीहरू — किम कार्दशियन, क्रिस जेनर, केटी पेरी, ओर्ल्यान्डो ब्लूम, ओप्रा विन्फ्रे, बिल गेट्स र मिरान्डा केरजस्ता व्यक्तिहरूको नाम समावेश भएको बताइएको छ।
बेजोस–सान्चेजको विवाह कार्यक्रम केवल शारीरिक भव्यता मात्र होइन, प्रतिष्ठित अतिथि र खर्चको कारणले पनि अन्तर्राष्ट्रिय मिडियाको केन्द्रमा रहेको छ।