राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने

राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने

काठमाडौं।१ ५ चैतमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको घेरामा परेका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ।

झन्डै दुई महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले ती व्यक्तिहरूको संलग्नता पुष्टि नहुँदा मुद्दा चलाउनुपर्ने अवस्था नरहेको ठहर गर्दै सरकारी वकिलको कार्यालयमा मुद्दा नचलाउने राय पठाएको हो।

प्रदर्शनसँग सम्बन्धित १०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना अझै फरार छन्। उनीहरूमाथि राज्यविरुद्धको अपराध, संगठित अपराध, आपराधिक उपद्रव र कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाइएको छ।

एक प्रहरी अधिकारीका अनुसार संलग्नता अनुसार फरक मुद्दा दायर गरिएको छ। दुर्गा प्रसाईंको हकमा भने कर्तव्य ज्यानको मुद्दासमेत अघि सारिएको छ। अधिकांशको हकमा म्याद थपिँदै आएका मुद्दा अनुसार नै प्रक्रिया अघि बढाइएको छ।