मेसीको गोलले इन्टर मियामीलाई हारबाट बचायो, फिलाडेलफियासँग रोमाञ्चक बराबरी

मेसीको गोलले इन्टर मियामीलाई हारबाट बचायो, फिलाडेलफियासँग रोमाञ्चक बराबरी

काठमाडौं। अमेरिकन मेजर लिग सकर (एमएलएस) अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा लियोनेल मेसीको इन्टर मियामीले रोमाञ्चक बराबरी खेल्दै हारबाट जोगिएको छ।

इन्टर मियामीले फिलाडेलफिया युनियनविरुद्ध ३–३ को ड्र खेल्दै एक अंक बटुल्न सफल भयो। खेलमा फिलाडेलफियाले सुरुवातमै दबदबा कायम गरे पनि मियामीले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गर्न सफल भयो।

इन्टर मियामीका लागि टाडेओ एलेनडे, लियोनेल मेसी र टेलास्को सेगोभियाले गोल गरे। फिलाडेलफियाका लागि टाई बारिबोले दुई गोल गर्दा क्यून सुलीभानले एक गोल गरे।

यो बराबरीसँगै फिलाडेलफियाले १५ खेलमा ३० अंक जोडेर इस्टर्न कन्फेरेन्सको शीर्ष स्थान कायम राखेको छ भने इन्टर मियामी १४ खेलबाट २३ अंकसहित छैटौं स्थानमा छ।