विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमा छलफल गर्न संसदीय समिति बैठक बस्दै

विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमा छलफल गर्न संसदीय समिति बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज सिंहदरबारस्थित कार्यालयमा बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ। विधेयकको मस्यौदा सुधार र सुझावका लागि उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरिनेछ।