आरोप सत्य साबित भए राजनीतिबाटै अलग हुने गृहमन्त्री लेखकको घोषणा

आरोप सत्य साबित भए राजनीतिबाटै अलग हुने गृहमन्त्री लेखकको घोषणा

काठमाडौं : गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका सबै आरोप निराधार भएको स्पष्ट पारेका छन्। राजधानी काठमाडौंमा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै उनले मानव तस्करीसँग आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन्।

हालै ‘भिजिट भिसा’को नाममा मानव तस्करीमा गृहमन्त्री लेखक र उनको सचिवालयको संलग्नता रहेको आरोप सार्वजनिक भएपछि उनको व्यापक आलोचना भइरहेको छ।

तर मन्त्री लेखकले आफूमाथि लागेका आरोप असत्य भएको बताउँदै ती आरोप पुष्टि भएमा मन्त्री पद मात्र होइन, राजनीतिबाटै अलग हुने चेतावनी दिए।
“माथि लागेको सबै आरोप गलत हुन्। यदि ती आरोप सही ठहरिए, म राजनीति नै त्याग्छु,” उनले भने।

यसअघि जनकपुरमा आयोजित एक कार्यक्रममा पनि उनले त्यस्तै प्रतिबद्धता जनाउँदै आरोप प्रमाणित भए राजनीतिमा आफू देखिने छैन भनेर बताएका थिए।