पूर्बी नेपालमा भूकम्पकाे धक्का महशुस

पूर्बी नेपालमा भूकम्पकाे धक्का महशुस

काठमाडाैँ, २७ भदाै । अाज पूर्वी नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ । भारतको बन्गाई केन्द्रविन्दू भएर ५.६ रिक्टर स्केलको भूकम्प गएको छ।

भारतका उत्तरपूर्वी तथा पश्चिम बंगालका विभिन्न ठाउँमा ठूलो धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पको धक्का बंगलादेशको राजधानी ढाकामा पनि महशुस गरिएको छ।