

काठमाडौँ, २७ भदाै । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आज दुबै सेमिफाइनलका खेलहरु हुँदैछन। पहिलो सेमिफाइनलमा दिउँसो नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल भारत र पाकिस्तानबीच हुनेछ।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ। नेपाल समूह ए को विजेता तथा माल्दिभ्स समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।
समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बंगलादेशविरुद्ध २–० गोल अन्तरको विजयी हात पारेको नेपाली टोलीले माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा रहेको छ ।
नेपाली राष्ट्रिय टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेका कारण फाइनलमा पुग्ने बताएका छन् ।