अाज काठमाडाैँका कुन रुटमा चल्दैन गाडी ? हेर्नुहोस्

अाज काठमाडाैँका कुन रुटमा चल्दैन गाडी ? हेर्नुहोस्

काठमाडौं, २७ भदाै । अाज हरितालिका तीज । दर्शनार्थीहरुकालागि हुनसक्ने भीडभाडलाई मध्यनजर गर्दै प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ ।

हेर्नुहोस्, कहाँ चल्दैन गाडी र कुन बाटो प्रयोग गर्ने ?

मालबाहक सवारी साधनहरू :

– तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चाबहिलतर्फ आउन रोक लगाइएको ।

– नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरूलाई पनि उक्त दिन रोक लगाइएको ।

यात्रुबाहक सवारी साधनहरू :

– नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनहरूलाई पुरानो बसपार्क, भद्रकाली, माईतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगा सम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ।

– रातोपुल गौशाला, चावहिल हुँदै बौद्ध तर्फ चल्ने सवारी साधनहरू पूरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्ध तर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ।

– कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माईक्रो बसहरू सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ।

– रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माईक्रोबस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको छ।

– शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माईक्रोबस तथा टेम्पोहरू पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको छ।

पार्किङ्ग व्यवस्थापन :

– तिलगंगा – दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक (YCL मार्ग)

– गौशाला प्रभाग – पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनहरू ।

‍- कोषको कार्यालय – पासवाला सवारी साधन

– अमालकोट – पासवाला सवारी साधन÷भारतीय दर्शनार्थीको सवारी साधन ।

– सिफलचौर – स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका सवारी साधन ।