नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिए शपथ

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिए शपथ

काठमाडौं: नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई शपथ गराएका हुन्। अब उनी राष्ट्र बैंकमा पुगेर गभर्नरको कार्यभार सम्हाल्नेछन्।

गभर्नर सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गरिएको सिफारिसमा डा. पौडेलसहित तीन जनाको नाम प्रस्ताव भएको थियो। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो।