गभर्नर सिफारिस समितिको बैठक जारी

गभर्नर सिफारिस समितिको बैठक जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि सिफारिस समितिको बैठक अहिले जारी रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गभर्नरको विषयमा सहमति जुटेपछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति बैठक बसिरहेको हो।

स्रोतका अनुसार, समितिले डा. विश्व पौडेल, डेपुटी गभर्नर नीलम ढुंगाना र एक अन्य उम्मेदवारसहित तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ। सिफारिस समितिमा अर्थमन्त्री पौडेलका साथै सदस्यहरूमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे रहेका छन्।

गभर्नर सिफारिस समितिको सिफारिसपछि आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नरको औपचारिक नियुक्ति गर्ने तयारी गरेको छ। सहमति अनुसार गभर्नरमा प्रा.डा. विश्व पौडेलको नियुक्ति लगभग पक्का भएको बताइएको छ।