कोशी प्रदेशका सांसद सवार गाडीलाई डिएसपीको निजी गाडीले ठक्कर, एक सांसद सामान्य घाइते

कोशी प्रदेशका सांसद सवार गाडीलाई डिएसपीको निजी गाडीले ठक्कर, एक सांसद सामान्य घाइते

मोरङ। कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई नेपाल प्रहरीका डिएसपी खगेन्द्र खड्काले चलाएको निजी गाडीले ठक्कर दिएको छ। दुर्घटना सोमबार मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको हो।

झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको गाडी जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खड्काले चलाएका थिए। विपरीत दिशाबाट आउँदै गरेको बिएई १४०६ नम्बरको कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।

डिएसपीको गाडीले सांसदहरू चढेको सवारीलाई ठक्कर दिएको पुष्टि जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले गरेका छन्। दुर्घटनामा सबै सांसदहरू सामान्य घाइते भएका छन्। सांसद मैया श्रेष्ठका अनुसार, “एक जना सांसदलाई अलि बढी चोट लागेको भए पनि सबैको अवस्था सामान्य छ। म अहिले निवासमा पुगेर आराम गरिरहेकी छु,” उनले भनिन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।