काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ।
यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने इजलासमा परेको उक्त रिटमा आइतबार मात्रै हेर्न मिल्ने इजलासमा पेसी तोक्ने आदेश दिइएको थियो।
लामिछानेको रिट सोमबार ‘घ’ नम्बरको रूपमा पेसीमा रहेको छ, जसअघि भ्रष्टाचार र बन्दीप्रत्यक्षीकरणसम्बन्धी अन्य मुद्दाहरू सुनुवाइमा छन्।
सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशअनुसार रवि लामिछाने हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका छन्।