

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ आइतबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनी प्रतिनिधि सभामा प्रस्ताव पेश गरेका थिए। प्रस्तावलाई बहुमत सदस्यहरूले समर्थन गरेपछि सभामुख देवराज घिमिरेले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे।