काठमाडौं । आइतबार साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से २.७९ अंकले घट्दै २६०९ बिन्दुमा झरेको छ। यो लगातार छैटौं दिनको गिरावट हो।
तर नेप्से घटेपनि कारोबार रकममा भने उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो दिन ७ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आजको कारोबार ८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
१०० कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि १४५ कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
धेरै समूहका सूचकहरू घटेका भए पनि ‘अन्य’ समूह भने ४.१९ प्रतिशतले उकालो लागेको छ। नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको उच्च मूल्य वृद्धिले यस समूहको सूचक माथि उकासिएको हो।
त्यस्तै, माइक्रोफाइनान्स १.२२ प्रतिशत र होटल तथा पर्यटन समूह १.११ प्रतिशतले उकालो लागेका छन्।
अरू सबै समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह २.६८ प्रतिशतले सबैभन्दा बढी घट्यो।
अन्य घटेका समूहमा:
आजको दिन १० प्रतिशतले मूल्य बढेका कम्पनीहरूमा ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावर परे।
त्यस्तै मूल्य बढ्ने अन्य कम्पनीहरूमा:
अर्कोतर्फ मूल्य घट्ने प्रमुख कम्पनीहरूमा:
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स रहेका छन्।